अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

टपलेस युवतीहरुको सैलुन, जहाँ लाग्छ तन्नेरीको भीड

बिआरटीनेपाल २०७५ जेठ १० गते ६:४९ मा प्रकाशित

एजेन्सी, आफ्नो कपाल कटाउनका लागि तपाईँ थरीथरीका सैलुन जानुभएको छ होला । के तपाईँलाई कुनै सैलुनमा कपाल कटाउनका लागि महिनौँसम्म पर्खिनपुरेको छ रु पर्खिनपुर्ने कुरै भएन । एउटामा भिड भए अर्कोमा गइहालिन्छ र तत्कालै कपाल काटकुट पारेर आइन्छ । तर पोल्याण्डमा एउटा यस्तो सैलुन छ जसमा कपाल कटाउनका लागि पुरुषहरू महिनौँसम्म पालो पर्खिन पनि तयार हुन्छन् ।

हटकट नामको उक्त सैलुनमा कपाल कटाउन पुरुषहरूले मरिहत्ते गर्नुको कारण छ । किनकि त्यहाँ कपाल काट्ने नाइँहरु टपलेस युवतीहरू हुन्छन् । अर्थात् टपलेस हेयर ड्रेसर युवतीहरूबाट आफ्नो कपाल कटाउनका लागि पुरुषहरू मरिहत्ते गर्छन् ।

उक्त सैलुनकी संस्थापक भोजटेक भेसिलवेस्कीले आफ्नो सैलुनमा खासै ग्राहक नआएको देखेपछि टपलेस महिला हेयर ड्रेसर राख्ने निधो गरिन् । साँच्चीकै उनको त्यो आइडियाले निकै काम गरेको छ । उनलाई आफ्नो सैलुनमा टपलेस भएर काम गर्ने हेयर ड्रेसर युवतीहरू खोज्नमै पुरै १८ महिना लाग्यो ।

उनका अनुसार कुनै पनि पुरुषका लागि कपाल कटाउने समय साँच्चीकै दिक्कलाग्दो हुन्छ। पुरै समय अररो भएर बस्नुपर्ने, गर्धन झुकाइरहनु पर्ने, हलचल गर्न नपाइने । तर जब टपलेस युवतीहरूले कोमल स्पर्शसँगै कपाल काटिदिन थाल्दछन् तब त्यस्तो दिक्कलाग्दो समय लोप हुन्छ । कपाल काटिरहुँ भन्ने लाग्छ ।

कतिपय मानिसहरूले यो टपलेस सैलुनको विरोध नगरेका होइनन् । तर यहाँ जाने ग्राहकहरूका लागि यस्तो विरोधको कुनै तुुक छैन । टपलेस युवतीहरूबाट आफ्नो कपाल कटाउनका लागि तन्नेरीहरूको लाइन लाग्ने गरेको छ । टपलेस हेयर ड्रेसरहरु पनि ग्राहकबाट प्राप्त रेस्पोन्सका कारण खुसी देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू