अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

टिपीएस वाहक नेपालीलाई युएससीआइएसको पुन: दर्ता आवेदन आव्ह्वान

पुरुषोत्तम ढकाल, लसएन्जलस २०७५ जेठ ९ गते २०:३४ मा प्रकाशित

अमेरिकी नागरिकता तथा अध्यागमन विभाग, (युएससीआइएस) ले टिपीएस वाहक नेपालीलाई आफ्नो काम गर्ने अनुमति पत्र र कानुनी हैसियत कायम राख्न पुन: दर्ता आवेदन खुल्ला गरेको छ । यस अघि अमेरिकी सरकारले नेपालीले प्राप्त गर्दै आएको टेम्प्रोररी प्रोटेकटेड स्टाटस, (टिपीएस) सुविधा जुन २४, २०१८ देखी लागु हुने गरी खारेज गर्ने निर्णय गरेको थियो । युएससीआइएसका अनुसार पुन: दर्ता आवेदन २२ मे देखी २३ जुलाई, २०१८ भित्र रितपूर्वक भरिसक्नु पर्नेछ । टिपीएस पुन: दर्ता आवेदन युएससीआइएसको आधिकारिक वेब साइट र लिङ्क मार्फत भर्न सकिनेछ । आवेदकहरुले टिपीएसका लागि I-821 साथमा EAD I-765 र I-821 दर्ता आवेदन समेत भर्नु पर्नेछ । यी तीनवटै आवेदन युएससीआइएसको आधिकारिक वेबसाइटमा निःशुल्क उपलब्ध छ ।

https://www.uscis.gov/humanitarian/temporary-protected-status, https://www.federalregister.gov/documents/2018/05/22/2018-10868/termination-of-the-designation-of-nepal-for-temporary-protected-status

युएससीआइएसले जून २४ मा समाप्त हुन लागेको टिपीएस वाहक नेपालीलाई आधिकारिक विज्ञाप्ति जारी गरी EADs आवेदन समेत पुन: भर्न सुझाएको हो । युएससीआइएसले जनाए अनुसार आवेदन भरेका सबैको सुविधा थपिने सुनिश्चितता प्रदान गर्न नसकिने जनाएको छ । यद्यपि २४ जुन, २०१८ देखी खारेज हुने टिपीएस वाहक नेपाली आवेदकहरुको पुन दर्ताको कानुनी हैसियत डिसेम्बर २१, २०१८ पछिको १८० दिनको मिति सम्म मान्य हुने जनाएको छ ।

स्मरण रहोस् अमेरिकी होमल्याण्ड सेक्रेटरी क्रिश्टिन एम नेल्सनले २६ अप्रिल, २०१८ का दिन २४ जुन, २०१८ देखी लागु हुनेगरी सन २०१५ को नेपालमा गएको विनाशकारी भूकम्प पछि नेपालीले प्राप्त गर्दै आएको टेम्प्रोररी प्रोटेकटेड स्टाटस, (टिपीएस) सुविधा खारेज गर्ने निर्णय गरेकी थिइन् ।

प्रतिक्रिया