अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

सुनकेसरी यस अघि बनेको भनिएको हरर फिल्म भन्दा स्तरिय रहेको: निर्मात्री एवं नायिका ऋचा शर्मा

बिआरटीनेपाल २०७५ जेठ ९ गते २०:४२ मा प्रकाशित

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘सुनकेसरी’ले ढिलो गरी आफ्नो प्रचार प्रसार सुरु गरेको छ । यही जेष्ठ ११ गते अर्थात् प्रदर्शनको २ दिन अगाडि मात्रै आज सुनकेसरी टिम प्रचार प्रसारको लागि चितवन आइपुगेको हो । चलचित्रकी निर्मात्री एवं नायिका ऋचा शर्मा र निर्देशक अर्पण थापा सहित चितवन आइपुगेको टोलीले आज चितवनको भरतपुरमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी निर्मात्री तथा नायिका ऋचा शर्माले निर्माता सङ्घले घोषणा गरेको आन्दोलनको कारण चलचित्रको प्रचार प्रसारमा ढिलाइ भएको बताउनुभयो । निर्माता सङ्घले घोषणा गरेको आन्दोलनको कारण जेष्ठमा रिलिज हुने भनिएको सबै चलचित्रलाई होल्ड राखिएको थियो जसको कारण फिल्मको प्रचार प्रसारमा ढिलाइ भयो – ऋचाले भन्नु भयो ।

हरर जनरामा बनेको चलचित्र सुनकेसरीलाई दर्शकहरूले मन पराईदिनु हुनेमा आफ्नू ढुक्क रहेको ऋचाले बताउनुभयो । यस्तै ऋचाले सुनकेसरी यस अघि बनेको भनिएको हरर फिल्म भन्दा स्तरिय रहेको समेत बनाउनुभयो । नेपालमा यस अघि पनि हरर फिल्म नबनेका होइनन तर त्यति स्तरिय थिएनन् ऋचा भन्नुभयो । चलचित्रको सम्पूर्ण सुटिङ अस्ट्रेलियामा गरेको र अहिले सम्म १ करोड ३० लाख भन्दा बढी खर्च भइसकेको ऋचाले बताउनुभयो ।

नेपालमा आफूले खोजेको जस्तो लोकेसन नपाएको कारण अस्ट्रेलियामा गएर चलचित्रको सुटिङ गरिएको ऋचाले जानकारी दिनुभयो यस्तै ऋचाले सुनकेसरी बनाएर आफूहरूले ठुलो रिक्स लिगेको र अभिनयको हिसाबमा पनि सुनकेसरी आफ्नो लागि च्यालेञ्जिङ काम भएको बताउनुभयो ।

यस्तै चलचित्रमा निर्देशक अर्पण थापाले सुनकेसरी आफ्नो लागि पनि च्यालेञ्जिङ नै भएको बताउनुभएको छ । आफूले उच्च स्तरिय हरर फिल्म बनाउने कोसिस गरेका छौ, मलाई आशा छ फिल्मले दर्शकको राम्रो साथ पाउनेछ – निर्देशक थापाले भन्नुभयो । यस्तै थापाले सुनकेसरीले राम्रो माया पाएको खण्डमा धेरै हरर फिल्म बन्ने तर फिल्म नचलेको खण्डमा फेरी ५–७ वर्ष कसैले हरर फिल्म नबनाउने समेत थापाले दाबी गर्नुभयो । साथै थापाले फिल्म चल्ने नचल्ने भन्ने कुरा दर्शकहरूको मेण्टालिटीमा भर पर्ने पनि बताउनुभयो ।
फिल्म हेरेर मनोरञ्जन लिने सोचका साथ हलमा जाने हो भने दर्शकलाई मन पर्छ तर हरर फिल्म भनेको छ हेरौँ न मलाई तर्साउन सक्छ कि सक्दैन भन्ने मेण्टालिटीका साथ गएमा मन नपर्न पनि सक्ने थापाको भनाई रहेको छ । थापाले रिक्स मोलेरै यो फिल्म बनाएको बताउनु भयो ।

जेष्ठ ११ गते ठुलो ब्यानरको कुनै पनि फिल्म नरहेको कारण सुनकेसरीलाई सोलो रिलिज जस्तै हुने पक्का छ । चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरूको अभिनय छ । शर्मिला सापकोटा र धर्मराज अधिकारी फिल्मको सह– निर्माता हुन भने कार्यकारी निर्माताको रूपमा मनोज अधिकारी रहेका छन् । फिल्मको कथा निर्देशक थापाले नै लेख्नुभएको हो ।

प्रतिक्रिया