अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

बिकिनीमा अदिती बुढाथोकीको नयाँ अवतार

बिआरटीनेपाल २०७५ जेठ ९ गते १९:४२ मा प्रकाशित

काठमाडाैं । बलिउडमा संघर्षरत रहेकी नायिका अदिती बुढाथोकी नेपाली चलचित्र ‘कृ’ मार्फत नेपाली रजतपटमा भित्रिएकी हुन् ।नायक अनमोल के .सी सँग पहिलो पटक फिल्ममा देखीएपनि अभिनय भन्दा पनि सुन्दरताको कारण बढी चर्चित रहिन् । त्यसैले पनि उनको चर्चा यति बेला खासै छैन तर बेला बेला उनी लाईमलाईटमा आउँछिन् कारण हो सामाजिक सञ्जालमा पोस्ट गरिएका उनका हट र बोल्ड तस्बिरहरू ।फिल्ममा काम गर्न हतार नभएको भन्दै हाल उनी मुम्बईमा विभिन्न प्रशिक्षणमा व्यस्त छिन् ।

बलिउडमा मोडलिङ गरिसकेकी अदितीको पहिरनमा ग्ल्यामर देखिनु सामान्य कुरा नै हो तर बेला बेला इन्स्टाग्राममा पोस्ट गरिने उनका हट र बोल्ड तस्बिरहरूले निकै चर्चा पाउने गरेको छ ।यस्तैमा हालै अदितीले इन्स्टाग्राममा आफ्नो बिकिनी पहिरनको तस्बिरहरू पोस्ट गरेकीछिन् ।स्वीमिङ पुलमा अदितीले आफ्ना हट तस्बिर क्लिक गरेकी हुन् । 

प्रतिक्रिया