अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

नेपाली सांगीतिक आकाशका पछिल्ला आशलाग्दा हस्ताक्षर– निश्चल राई

बिआरटीनेपाल २०७५ जेठ ९ गते १९:३८ मा प्रकाशित

काठमाडौँ । पाँचथर जिल्लाको मेमेङ १ का निश्चल राई नेपाली साङ्गीतिक आकाशका पछिल्ला आशलाग्दा हस्ताक्षर हुन् । बाबु बुद्धिबल राई र आमा हर्कमाया लिम्बुको कोखबाट जन्मिएका निश्चलका सङ्गीत र स्वर पनि त्यतिकै निश्चल छन् । काठमाडौँको कुमारीगाल बस्दै आएका निश्चलले सानै उमेर देखि गीत सङ्गीतमा रहेको मोहलाई व्यावसायिक रूपमा अगाडि बढाउन काठमाडौँ कर्मथलो बनाएका छन् ।

१४ वर्ष देखि गीत सङ्गीतमा रम्न थालेको तर काठमाडौँमा आएपछि बैधानिकरुपमा साधना कला केन्द्र कमलादी स्थित प्रकाश गुरुङबाट ३ वर्ष गीत सङ्गीत सिके पछि थप आत्मबल बढेको उनको भनाई छ । राई अहिले हरेक दिन गीतसंगीत क्षेत्रमै मग्न छन् । रेडियो नेपाल बाट पनि सङ्गीतको प्रशिक्षण लिएको उनले ३० गीतमा सङ्गीत समेत भरेको छ भने २२ वटा गीतमा स्वर दिएका छन् । 

प्रतिक्रिया