अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

मुन्ना भाईको अवतारमा रणवीर

बिआरटीनेपाल २०७५ जेठ ९ गते १९:३६ मा प्रकाशित

मुम्बई । बलिउड नायक रणवीर कपूरको अभिनयमा बनेको फिल्म ‘संजू’ को टीजर केही दिन अगाडि आएको छ । जसमा रणवीर कपूर सञ्जय दत्तको विभिन्न अवतारमा देखिएको छ । सञ्जय दत्तको रूपमा रणवीरलाई देख्दा दर्शकहरू छक्क परेका  छन् । फिल्म ‘संजू’ को ट्रेलर मे ३० मा आउने स्रोतले जनाएको छ ।  केही दिन अगाडि फिल्मको नयाँ पोस्टर सार्वजानिक गरेको र उक्त पोस्टरमा निधारमा तिलक लगाएको सञ्जय दत्तको रूपमा रणवीर कपूरलाई देखिएको छ । तस्बिरमा रिसाएको भागलाई देखाएको छ । अर्को पास्टरमा भने सञ्जय दत्त बुढेसकालको अवस्थालाई देखाइएको छ । सञ्जय दत्तको हरेक लुक्स ल्याउनको लागि रनाबीरले  धेरै मेहनत गरेको उक्त पोष्टरहरु बाटा नै अन्दाज लगाउन सकिन्छ ।

सञ्जय दत्तले रणवीरलाई बढी बनाउन भनेपछि रणवीरले आफ्नो लुक्स र बढी दुवै बनाउने काम गरेको स्रोतले जनाए । यो देखेर सञ्जय दत्तले रणवीरको एकदमै तारिफ गरेको पनि  जनाए । ‘संजू’ को करिब एक मिनेट २५ सेकेन्डको टीजरमारणवीर कपूरले सञ्जय दत्तको युवा अवस्था देखि उनको पुणे येरवडा जेलमा कैदी सम्मको काहानीलाई उतारेको छ । मान्छेको हरेक प्रकारको जीवन यस फिल्मको सार रहेको छ ।

फिल्ममा  अनुष्का शर्मा, दिया मिर्जा,सोनम कपूर , परेश रावल , मनीषा कोइराला, बमन ईरानी र विककी कौशल रहेका छन् । 

प्रतिक्रिया