अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

पूर्वराजा-शंकराचार्य कनेक्सन, राजा तल शंकराचार्यमाथि

बिआरटीनेपाल २०७५ जेठ ९ गते १९:३० मा प्रकाशित

वीरगन्ज। धार्मिक स्थलहरूको दर्शन गर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह यही हप्ताको शुरुतिर मधेश झरे। बाराको सिमरामा आएका उनी सोमबार वीरगन्ज झरे तर मंगलबार भने अनौठो दृष्य देखियो। वीरगन्जमा एक हिन्दू धर्मका गुरु भनिएका शंकराचार्य वीरगन्जमा आए। उनी धार्मिक कार्यक्रम लिएर वीरगन्ज आएका थिए।

शंकराचार्यले हिन्दू धर्मको कुरा गर्नु सामान्य हो। हिन्दू परिषद्को आयोजनामा वीरगन्जमा एक धार्मिक कार्यक्रम पनि आयोजना गरिएको थियो। मंगलबार वीरगन्जमा उनले पत्रकार माझ आफ्ना धारणा पनि राखेका छन् तर, हिन्दू राज्यको माग गर्ने शंकराचार्य र गणतन्त्र स्थापनापछि पूर्व भएका राजा ज्ञानेन्द्रको कनेक्सन अनौठो देखियो। वीरगन्जको एक होटलमा शंकराचार्य र ज्ञानेन्द्र शाहकाबीचमा कुराकानी र भेटघाट भएको छ।

जहाँ राजा जसरी शंकराचार्य र प्रजा जसरी ज्ञानेन्द्र शाह बसेका छन्। माथि सोफामा शंकराचार्य बसेका छन् भने तल नमस्कार गरेर ज्ञानेन्द्र शाह बसेका छन्।

यो दृष्य सार्वजनिक भएपछि ज्ञानेन्द्र शाहको विभिन्न दृष्किोणबाट टिप्पणी भएको छ। अझै कतिपय नेपालीको मनमा राजसंस्थाको मोह भएकै बेला ज्ञानेन्द्र शाहको बसाइले उनी धार्मिक गुरुहरूका अगाडि नतमस्तक हुने गरेको प्रमाण भएको धेरैले फेसबुकमा टिप्पणी गरेका छन्।

राजसंस्था पुनस्र्थापना संघर्ष समितिका अध्यक्ष जनकलाल शाहले भने राजाको अपमान गर्ने मनसायले यसो नगरिएको बताए। हिन्दू परिषद्का पदाधिकारीहरूले भने संयोगबस यस्तो भएको जिकिर गरेका छन्। उता, मंगलबार पत्रकार सम्मेलन गरी शंकराचार्यले राजासहितको हिन्दूराज्य नेपालको माग गरेका छन्। याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू