अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

चिनीयाँ पाइलटले अनुमति पाएनन्, श्रीलंकाबाट पाइलट ल्याइने

बिआरटीनेपाल २०७५ जेठ ९ गते १९:२० मा प्रकाशित

काठमाडौं – नेपाल वायुसेवा निगमले चिनीयाँ वाई १२ ई जहाज उडानका लागि ल्याउन लागेको चिनीयाँ क्याप्टेनहरु अयोग्य भएको ठहर गर्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमले ल्याउन लागेको पाइलट कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) बाहक मात्रै रहेको भन्दै अनुमति दिन अस्विकार गरेको छ ।

प्राधिकरणको नियममा नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू