अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

उर्जा मन्त्रालय र लगानी बोर्डबीच विवाद चुलियो

बिआरटीनेपाल २०७५ जेठ ९ गते १९:१८ मा प्रकाशित

काठमाडौं – लगानी बोर्डले पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत आयोजनाको फाइल बुझाउन चैत १५ को समय सीमा दिएकोमा उर्जा मन्त्रालयले अटेरी गरेको छ ।

बोर्डले आयोजनाको फाइल बुझाउन पत्राचार गरेको दुई महिनाभन्दा बढी भइसकेको छ ।

लगानी बोर्डले चैत १ गते पाँच सय मेगावाट भन्दा माथिका जलविद्युत आयोजनाको सम्पूर्ण काम आफैंले गर्ने भन्दै उर्जा मन्त्रालयसँग सबै आयोजनाको फाइल मागेको थियो ।

फाइल मागेको ६६ दिन हुँदासम्म मन्त्रालयले बोर्डलाई लिखित जानकारी गराएको छैन ।

यसले दुई निकायबीच विवाद बढ्दै गएको देखिन्छ । आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू