अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

पत्रकार थापालाई गोगो फाउण्डेशन अवार्ड

बिआरटीनेपाल २०७५ जेठ ९ गते ९:०३ मा प्रकाशित

गोगो फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्‍याएबापत पत्रकार हरिबहादुर थापालाई ‘गोगो फाउण्डेशन अवार्ड’ बाट सम्मानित गर्ने भएको छ ।

यो वर्ष पत्रकारिताको माध्यमबाट भ्रष्टाचारविरूद्धको अभियानमा विशिष्ट योगदान गर्नुहुने कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापालाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको फाउण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले जानकारी दिनुभयो ।

फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान गर्ने ‘पत्रकार’, ‘सार्वजनिक प्रशासक’ तथा ‘सामाजिक अभियन्ता’को पहिचान गरी त्यस्ता व्यक्तिलाई उत्पे्ररित गर्ने उद्देश्यले उक्त अवार्डको स्थापना गरेको हो ।

फाउण्डेसनले यो अवार्ड उल्लिखित तीन क्षेत्रमध्ये हरेक वर्ष कुनै एक क्षेत्रबाट सुशासनका लागि भ्रष्टाचारविरूद्धको अभियानमा विशिष्ट योगदान पुर्‍याउने एक जना व्यक्तित्वको चयन गरी सम्मान–पत्र, रनिङ शिल्ड तथा नगद पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।

यसअघि डा भगवान् कोइराला र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सो पुरस्कारबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू