अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगियो

बिआरटीनेपाल २०७५ जेठ ९ गते ८:५२ मा प्रकाशित

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । 

उहाँको सानो आन्द्राबाट आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको छ ।

धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनु भएका राष्ट्रकवि घिमिरेको रक्तस्राव नरोकिएपछि थप उपचारकालागी  भारत लगिएको हो ।

राष्ट्रकविको घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तस्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लैजानु परेको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले बताउनुभयो । घिमिरेका साथमा उहाँका छोरा इन्दीवर र ग्राण्डी अस्प्तालका चिकित्सक डा रोहित चौधरी भारत जानुभएको छ ।

करिब चार महिनादेखि अस्वस्थ हुँदै आउनुभएका घिमिरेलाई मेडिसिटी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराइरहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू