अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 21:00

महायन्त्रको आविष्कारले मानवता खतरामा: शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती

बिआरटीनेपाल २०७५ जेठ ८ गते १९:५९ मा प्रकाशित

पर्सा, गोवर्द्धन मठ, पुरीका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले महायन्त्रको आविष्कार तथा प्रयोगकै कारण पुरै विश्व जोखिममा परेको बताएका छन् ।

उनले महायन्त्रको आविष्कारले विश्वयुद्धको आशङ्का उत्पन्न हुनुका साथै विश्वभरि असुरक्षा, आर्थिक अभाव, सामाजिक सङ्कट, प्राकृतिक विपत् देखा परेको भने ।

वीरगञ्जमा मङ्गलवार आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शंकराचार्य सरस्वतीले सनातन सिद्धान्तको आधारमा हुने विकासले मात्र मानवताको रक्षा गर्नुका साथै असली सुख समृद्धि प्रदान गर्न सकिने विचार व्यक्त गरे । उनले सनातन धर्मको सिद्धान्तविपरीत विकासको नाममा विनासतर्फ जाँदै सरकारहरू महायन्त्र निर्माणको होडमा लागेको र यो मानवताका लागि सही सङ्केत नभएको प्रस्ट पारे ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शंकराचार्य सरस्वतीले समाजसेवाको बहानामा क्रिश्चियनले नेपाल तथा भारतका विभिन्न क्षेत्रमा गराइरहेको धर्मपरिवर्तन सेवा नभई शोषणको अभियान भएको दाबी गरे । 

सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै शंकराचार्य सरस्वतीले जुन कुराले नेपालबाट राजतन्त्रको अन्त्य गर्‍यो त्यो तथ्यलाई पत्ता लगाई जनताको आकाङ्क्षा अनुसार शासन सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको जानकारी दिए । उनले काठमाडौँमा भेट हुँदा प्रधानमन्त्री ओलीलाई जनताको हितमा काम गर्न सुझाव दिएको र बारामा पूर्वराजा ज्ञानेन्द्र् शाहसँग भेट्दा पनि सोही सल्लाह दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू