अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

एस एम एस मार्फत नगरपालिकामा हुने सबै कार्यक्रमको जानकारी

बिआरटीनेपाल २०७५ जेठ ८ गते १९:३७ मा प्रकाशित

अछाम, जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको प्रयोगमा अगाडि रहेको छ । विद्युतीय हाजिरीदेखि कार्यक्रम र कार्यपालिकाको बैठकको जानकारी दिनुपरेमा मोबाइल सन्देश (एसएमएस) मार्फत सबैलाई जानकारी गराइन्छ । कार्यपालिकाको बैठकमा छलफल हुने विषयका बारेमा पनि कार्यपालिका सदस्यलाई जानकारी गराएर त्यस विषयमा अध्ययन गरेर आउनसमेत एसएमएसमार्फत जानकारी गराइँदै आएको कार्यपालिका सदस्य जयन्ती बोगटीले बताउनुभयो ।

हामीलाई नगरपालिकामा हुने सबै कार्यक्रमको जानकारी एसएमएसमार्फत जानकारी गराइन्छ बोगटीले भन्नुभयो, “हाम्रो नगरले प्रविधिको भरपुर प्रयोग गरिरहेको छ । हामीले प्रविधि प्रयोग गर्नेबारेमा पनि सिकिरहेका छाँ।”

नेपालका चारधाममध्ये एक वैद्यनाथ मन्दिरमा सुशासन पारदर्शिताका लागि समेत सिसीक्यामरा जडान गरिएको छ । मन्दिरमा चढाइएको दान भेटीको पारदर्शिताका लागि सिसीक्यामेरा जडान गरिएको र नगरपालिका–१० घुघुरकोटको बेतालमाडाँै उच्च माविमा विद्युतीय हाजिर सुरु गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले बताउनुभयो ।

आगामी दिनमा साँफेबगर नगरपालिकाका सम्पूर्ण कार्यालयमा विद्युतीय हाजिर प्रणाली लागू गर्ने प्रमुख कुँवरले बताउनुभयो । सरकारी विद्यालयमा शिक्षक नियमित उपस्थित नहुने गुनासो आएपछि त्यसको अन्त्य गर्न र स्वास्थ्य क्षेत्रमा सुधार गर्न विद्युतीय हाजिर प्रणाली सुरु गरेको कुँवरको भनाइ छ ।

“नगरपालिकाभित्र कागजको प्रयोग हटाउने तयारीमा छु,” प्रमुख कुँवरले भन्नुभयो, “सहजताका लागि पैसा पनि बोक्न नपर्ने गरी पैसा बैङ्कमा भएपछि र मोबाइल हातमा भएपछि सबै काम हुने बनाउनेछु ।” अबदेखि नगरभित्र हुने जुनसुकै कार्यक्रम ल्याप्टप र प्रोजेक्टरमार्फत गरिनेछ । नगरले सबैभन्दा पहिले प्रत्येक वडामा वाइफाई जडानका लागि पहल गरिरहेको छ ।”

कार्यालयका कर्मचारी नियमितरुपमा नबस्ने यस्ता खाले जनगुनासो मध्येनजर गरी शिक्षा र स्वास्थ्यजस्तो अति संवेदनशील सेवामा चुस्त, दुरुस्त सेवा प्रवाह गर्नका लागि इलेक्ट्रोनिक हाजिरी प्रणालीले सहयोग पु¥याउने कुरामा जनप्रतिनिधिको विश्वास रहेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कर्मचारीको अनियमितताले खेलबाड भइरहेको विषयलाई अन्त्य गर्न विद्युतीय हाजिरी प्रणाली सुरु गरेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू