अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता

बिआरटीनेपाल २०७५ जेठ ८ गते १९:१६ मा प्रकाशित

खोटाङ, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका सात नेता मनोनीत भएका छन । माओवादीको तर्फबाट टङ्क राई, समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राई केन्द्रीय सदस्यमा मनोनीत भएका हुन ।

यसअघि छुट्टाछुट्टै पार्टी हुँदा केन्द्रीय कमिटीमा बसेका सबै जना नेता नवगठित पार्टीको पनि केन्द्रीय सदस्य बनेका स्रोतले जनाएको छ । माओवादीका तर्फबाट केन्द्रीय सदस्य बनेका टङ्क राई यसअघि स्थायी समिति सदस्य थिए भने अन्य तीनजना पोलिटब्यूरो सदस्य थिए ।

टङ्क राई पूर्व सांसद हुनुहुन्छ भने समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राई पूर्व सभासद् हुन । पूर्व सभासद् रामकुमार राई (पासाङ) अहिले खोटाङ क्षेत्र नम्बर–२ (ख) का प्रदेशसभा सदस्य हुन ।

एमालेको तर्फबाट केन्द्रीय सदस्य बनेका खगेन्द्र राई यसअघि पनि केन्द्रीय सदस्य थिए भने विशाल भट्टराई र राजन राई वैकल्पिक केन्द्रीय सदस्य थिए । विशाल भट्टराई हाल खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन भने राजन राई खोटाङ क्षेत्र नम्बर–१ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू