अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

विश्वकपका लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा

बिआरटीनेपाल २०७५ जेठ ८ गते १८:५१ मा प्रकाशित

फिफा विश्व वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमले विश्वकप २०१८ का लागि आफ्नो २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

बेल्जियमको टोलीमा इङ्लिस प्रिमियर लिगका १५ खेलाडी रहेका छन् । चेल्सीका एडिन हाजार्डको कप्तानीमा रहेको टोलीमा ईटालीयन क्लव एएस रोमाका मिडफिल्डर राड्या नैनगोलान भने अटाएनन् ।

प्रशिक्षक रोबर्टो मार्टिनेजसँग सम्बन्ध बिग्रिएको आशंका गरिएको बेला नैनगोलान टोलीमा नपरेका हुन् । बेल्जियमको टोलीमा हाजार्डसँगै गोलकिपर कोर्टुवा, डिफेन्डरहरु एल्डरवेराल्ड, कोम्पानी, भर्टोङ्गेन, मिडफिल्डरहरु कारासो, केभिन डे ब्रायन, डेम्बेले, ड्रायर मर्टेन्स र फरवार्डमा बात्सुई, लुकाकु र बेन्टेके जस्ता स्टार खेलाडी रहेका छन् ।

बेल्जियमले रुस विश्वकपमा आफ्नो पहिलो खेल जुन १८ मा पानामासँग खेल्ने छ । त्यस्तै बेल्जियम रहेको समूह ‘जी’मा इङ्गल्याण्ड र ट्युनिसिया पनि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू