अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

ग्रेटर अस्टिन नेपाली सोसाइटीले बनभोज कार्यक्रम तथा नेपाली पाठशाला सञ्चालन गर्दै

बिआरटीनेपाल २०७५ जेठ ८ गते १२:०९ मा प्रकाशित

ग्रेटर अस्टिन नेपाली सोसाइटीले जेष्ठ नागरिकको सम्मानमा बनभोज कार्यक्रमको आयोजना गर्दैछ । उक्त बनभोज कार्यक्रमलाई भव्य र सभ्य बनाउन संस्थाले सबैलाई अनुरोध गरेको छ । बनभोज कार्यक्रममा डा. प्रमोद शर्मा र डा. शर्मिला भट्टबाट स्वास्थ्य सम्बन्धी सवाल जवाफ पनि गरिने भएको छ भने निरंजन शर्माबाट हिन्दु धर्म सम्बन्धी प्रवचन पनि दिइने छ । प्रवेश निःशुल्क गरिएको छ । 

कार्यक्रम हुने स्थान तथा समय:
आइतबार जुन ३, २०१८ दिनको १२ बजे देखि ५ बजे सम्म

स्थान:
Gilleland Creek Pool and Park,
700 N Railroad Ave,
Pflugerville, TX 78660

साथै ग्रेटर अस्टिन नेपाली सोसाइटीले नेपाली पाठशाला पनि यही जुन १७ देखी अगस्त १९ सम्म सञ्चालन गर्ने जानकारी बिआरटी नेपाललाई दिएको छ । कक्षाहरूका लागि सिट सीमित भएकाले समयमा आफ्ना बच्चाहरूको रजिष्ट्रेशन गर्नु हुन र स्वयंसेवक (volunteer) गर्न चाहनेले पनि छिटै सम्पर्क गरी दिनु आग्रह गरेको छ । कक्षा निःशुल्क हुनेछ । १० वर्ष मुनिका र माथिका बालबालिका गरेर २ वटा कक्षाहरू सञ्चालन हुनेछन् । त्यसको लागि सम्पर्क: प्रदुम्न श्रेष्ठ ‭(737) 932-1811, डा. कमल अधिकारी ‭(512) 550-3641‬, कमल अधिकारी‭ ‭(512) 619-0465‬ र देवराज न्यौपाने (512) 554-3961.

स्थान:
Wells Branch MUD Recreation Center,
3000 Shoreline Dr,
Austin, TX 78728

ग्रेटर अस्टिन नेपाली सोसाइटी टेक्ससको अस्टिन सहरमा रहेको नेपाली संस्था हो । उक्त संस्ठाले नेपाली मूलका बाल बालिकाहरूलाई कसरी नेपाली भाषा संस्कृतिबारे जानकारी दिने भनेर विभिन्न निबन्ध, नृत्य प्रतियोगिता, भाषा कक्षाहरू, नियमित रक्तदान, खेलकुद प्रतियोगिता आदी दिँदै आइरहेको छ । सामाजिक गतिविधि तथा स्थानीय रचनाहरूको सँगालोको रूपमा वार्षिक मुखपत्र “कोसेली” तेस्रो अङ्क बजारमा निकालिसकेको छ । कम्युनिटी घर बनाउने उदेश्यले पहिलो बैठक सकिएको र दोस्रो बैठक पछि डोनेसन रकम सङ्कलन गर्न सुरु गर्ने भनिएको छ ।

प्रतिक्रिया