अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

एन आर एन इलिनोइमा हेल्प डेस्क गठन

बिआरटीनेपाल २०७५ जेठ ८ गते १०:५९ मा प्रकाशित

गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एन.आर.एन.) अमेरिका मातहतको इलिनोइ राज्य च्याप्टरले च्याप्टरका सचिव बाबुराम सापकोटाको संयोजकत्वमा इलिनोइमा सक्रिय समाजसेवामा लागेका व्यक्तित्वहरूलाई समेटेर हेल्प डेस्क गठन गरेको छ ।

लामो समय देखि सामाजिक सेवामा लागेका बाबुराम सापकोटालाई संयोजक बनाएको खबरले इलिनोइ बासी खुसी छन् । इलिनोइमा हेल्प डेस्क गठन भएको समाचार पाए पछि एन.आर.एन.एन.सी सी अमेरिका कि उपाध्यक्ष तथा एन.आर.एन. हेल्प डेस्क कि केन्द्रीय अध्यक्ष उमा कार्की थापाले च्याप्टर अध्यक्ष सत्यनारायण चौधरी लगायत सम्पूर्ण च्याप्टर पदाधिकारीहरूलाई धन्यवाद दिँदै हेल्प डेस्कका नवनियुक्त संयोजक बाबुराम सापकोटालाई सफल कार्यकालको लागी हार्दिक शुभकामना दिनु भएको छ ।

एन.आर.एन इलिनोइ च्याप्टरका सचिव बाबुराम सापकोटाको संयोजकत्वमा गठित हेल्प डेस्कमा निता कार्की, विश्व राई, सगर पाण्डे, अम्बिर थापा, टुकराज पाठक, सुमन श्रेष्ठ, बिदुर अधिकारी तथा मधुसुदन पौडेल रहनु भएको छ ।

प्रतिक्रिया