अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

सूचक सम्बोधन नगरेप्रति काँग्रेसको ध्यानाकर्षण

बिआरटीनेपाल २०७५ जेठ ८ गते ९:१४ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सूचक सम्बोधन नगरेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस संसदीय दलको आजको बैठकले नीति र कार्यक्रम पार्टीको घोषणापत्र जस्तो भएको र आगामी एक वर्षभित्र सरकारले के–के गर्ने प्रस्ट धारणा ल्याउन नसकेको ठहर गरेको छ ।

सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, जनताको घर आँगनमा सरकारको सेवा र सुविधा पुर्‍याउने प्रतिबद्धतालाई बेवास्ता गरेको आरोप लगाएको छ ।

बैठकले स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक नल्याएको, तीनै तहका निर्वाचन सम्पन्न भई सकेको अवस्थामा जनताको सम्बृद्धिको चाहनालाई पूरा गर्ने दृढतालाई प्राथमिकता दिन नसकेको निष्कर्ष निकालेको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफलका लागि विज्ञसहित संसदीय दलको बैठकमा विज्ञहरूले आ–आफ्नो राय तथा सुझाव दिनुभएको मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू