अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

नीति तथा कार्यक्रममा राष्ट्रिय जनता पार्टी राजपाको संशोधन प्रस्ताव दर्ता

बिआरटीनेपाल २०७५ जेठ ८ गते ९:११ मा प्रकाशित

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रिय जनता पार्टी राजपाले संशोधन प्रस्ताव दर्ता गराएको छ ।

सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको मुलभूत मुद्धा सम्बोधन नभएको भन्दै राजपाको बैठकले संशोधन दर्ता गराउने निर्णय गरेको छ ।

त्यसैगरी विभिन्न समयका आन्दोलनमा शहीद भएकाको आश्रित परिवारलाई सरकारले भरणपोषणको व्यवस्था गरिने छ भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिनुपर्ने तर्क पनि उसले गरेको छ ।

बैठक लगत्तै राजपाले संसद सचिवालय पुगी नीति तथा कार्यक्रममा संसोधन दर्तासमेत गराएको छ ।

फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू