अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

संचार माध्यमहरुले गणतन्त्रको मर्म र भावना अनुसार समाचार संप्रेषण गर्नु पर्ने : संचार राज्यमन्त्री

बिआरटीनेपाल २०७५ जेठ ८ गते ८:४९ मा प्रकाशित

संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संचार माध्यमहरुले गणतन्त्रको मर्म, भावना, यसको महत्व र प्राप्त उपलब्धिका बारेमा प्रभावकारी ढंगबाट समाचार एवं कार्यक्रमहरु प्राथमिकताका साथ प्रचार प्रसार गर्न सबै संचार माध्यमहरुलाइ आग्रह गर्नु भएको छ ।

गणतन्त्र दिवस मूल समारोह समिति अन्तर्गत गठित प्रचार प्रसार उपसमितिका संयोजक समेत रहनु भएका राज्यमन्त्री बाँसकोटाले लोकतन्त्र, गणतन्त्र खतरामा छ भन्ने भ्रामक विषयप्रति सचेत रही मुलुकमा गणतन्त्र ल्याउँदा पुर्‍याइएको योगदानको अनुभुत हुनेगरी कार्यक्रमहरु प्रसारण गर्न समेत आग्रह गर्नुभयो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित गणतन्त्र दिवस प्रचार प्रसार उपसमितिको बैठकमा राज्यमन्त्री बाँसकोटाले आर्थिक, सामाजिक रुपमान्तरण लगायत नयाँ पुस्तालाइ समेत गणतन्त्रको दिगोपन र अपनत्व हुनेगरी प्रचार सामाग्रीहरु निर्माण गरी प्रचार प्रसार गर्नुपर्ने बताउनु भयो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र मान गुरुङले गणतन्त्र दिवस भव्य रुपमा मनाउने सन्दर्भमा अर्थपूर्ण र प्रभावकारी सन्देशहरु प्रवाह गर्न आग्रह गर्नुभयो ।

बैठकमा गणतन्त्र दिवस भव्य रुपमा मनाउन संचार माध्यमहरुले निर्वाह गर्न सक्ने भुमिकाका बारेमा विभागीय प्रमुखहरुले आ-आफ्नो सुझाव दिनुभयो ।

गणतन्त्र दिवस यही जेठ १४ देखि १६ गते ३ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय सरकारले गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू