अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

जैविक विविधतालाई आर्थिक सम्वृद्धिको आधार बनाउनु पर्ने

बिआरटीनेपाल २०७५ जेठ ८ गते ८:४३ मा प्रकाशित

नेपालको अथाह जैविक विविधतालाई आर्थिक सम्वृद्धिको आधार कसरी बनाउने भन्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा जैविक विविधताका विभिन्न आयामका विषयमा भएको छलफलमा सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जैविक विविधता नेपालको बहुमूल्य पुँजी भएको बताउनु भयो । उहाँले नेपालीको जीवनस्तरमा सुधार ल्याउने र नेपालमा आर्थिक सम्वृद्धि ल्याउने किसिमले वन तथा कृषि जैविक विविधताको अध्ययन, अनुसन्धान र प्रयोग गर्न विज्ञहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जैविक विविधताको संरक्षणमा प्रायः ठुला जनावरहरू बाघ, हात्ती, गैँडाको संरक्षणको कुरा मात्र आउने भन्दै विज्ञहरूले समग्र जैविक प्रणालीको अध्धयन हुनुपर्नेमा जोड दिनुभयो । जनसङ्ख्या र भूगोलका दृष्टिले सानो मुलुक भए पनि नेपाल जैविक विविधताको दृष्टिले संसारकै धनी मुलुकमा गनिन्छ । यहाँको वन, सिमसार र कृषि जैविक विविधता संसारकै लागि उदाहरणीय रहेका छन् ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू