अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२६ | Colorodo: 13:41

नेपाली चलचित्र अमेरिका बोइजको दोस्रो गीत सार्वजनिक

सरोज श्रेष्ठ २०७५ जेठ ७ गते २२:४५ मा प्रकाशित

अमेरिका बोइजको दोस्रो गीत ‘मेरो ध्याननै तिमीमा’ सार्वजनिक भएको छ । गीतमा स्वर जयन बाइबा, रोशन थापा, सुरज शाही ठकुरीको रहेको छ भने गीतलाई किरण तुलाधरले एरेन्ज गरेका हुन् ।

प्रवेश पौडेल निर्देशित यस फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष् प्रसाई, श्रीस्टी कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ ।

‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलको लगानी रहेको छ । समीर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज के.सी पनि सह-निर्माताको रूपमा रहेका छन् ।

विवेक पाण्डेको कथा, पटकथा र संवाद रहेको फिल्ममा दीपक आरजे र जयन जे बाइवाको सङ्गीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन, सम्राट् बस्नेतको द्धन्द रहेको छ । आलोक शुक्लाले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । जेठ १८ देखि प्रदर्शनमा आउने छ ।