अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४२ | Colorodo: 20:57

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्यता सम्बन्धी सूचना

बिआरटीनेपाल २०७५ जेठ ७ गते २२:१८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति (२०१८-२०२०) को निर्वाचन प्रयोजनका आजीवन सदस्यहरूको अन्तिम नामावली यही मे ३०, २०१८ मा निर्वाचन समितिलाई उपलब्ध गराउनु पर्ने निर्वाचन समितिबाट प्राप्त जानकारी प्राप्त भएकोले आजीवन बन्न चाहनु हुने महानुभावहरूले र आजीवन सदस्य बनाएर त्यसको जानकारी केन्द्रमा पठाउन बाँकी रहेका च्याप्टरहरूले आजीवन सदस्यहरूको नाम, ठेगाना, इमेल र फोन नम्बर तथा आजीवन सदस्यताको रकम यही मे २९, २०१८ सम्म निम्नलिखित इमेलमा प्राप्त हुने गरी पठाउन अनुरोध गर्दछौँ । सदस्यताको रकम संस्थाको वेबसाइटमा रहेको पेपाल वा बैङ्क खातामा जम्मा गरी वा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू मार्फत पठाउन पनि अनुरोध गर्दछौँ । मे २९, २०१८ पश्चात् विवरण प्राप्त हुने आजीवन सदस्यहरूले यही जुलाईमा हुने केन्द्रीय कार्यसमिति (२०१८-२०२०)को निर्वाचनमा मतदान गर्न नपाउने जानकारी गराउन चाहन्छौँ ।

सधन्यवाद,

गोबर्धन पूजा
महासचिव,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
केन्द्रीय कार्यसमिति
www.inls.org

प्रतिक्रिया