अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

निसन्तानको कारक बन्दै ‘वैदेशिक रोजगारी’

बिआरटीनेपाल २०७५ जेठ ७ गते २१:१९ मा प्रकाशित

सर्लाहीका ३३ बर्षीय जनक महतो नाम परिवर्तन को विहे भएको पाँच बर्ष भयो । 

विदेशमा काम गर्ने उनी बिहे भएको पाँच बर्षको अवधिमा तीनपटक घर आएका छन् ।

बिहेको दुइ महिनामै उनी वैदेशिक रोजगारीका लागि कतार गए ।

पहिलोपटक विदेशिएका १८ महिनामै घर आएर दुई महिना बसेर फर्के ।

कतारको कमाईले परिवारको ऋणको बोझ त घटायो तर बेलैमा सन्तान जन्माउने प्रयास सफल नहुँदा उनमा तनाव थपिएको छ ।

यसपटक अलि लामो  विदामा घर आएका उनी सन्तान नहुनुको कारण खोज्दै पत्नीसहित राजधानी काठमाडौंका अस्पताल चहार्दैछन् ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू