अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 03:42

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट दैनिक २१ घण्टा सञ्चालनमा

बिआरटीनेपाल २०७५ जेठ ७ गते ६:२८ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको छ ।

मुलुकको एकमात्र सो अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक चाप नियन्त्रण गरी यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याएको हो ।

विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा सेवाको शुभारम्भ भएको घोषणा गर्दै एयर ट्राफिक व्यवस्थापनमा गम्भीर भएर काम गर्न सम्बद्ध निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू