अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

नेपाली चलचित्र कुम्भकरणको ट्रेलर रिलिज

बिआरटीनेपाल २०७५ जेठ ६ गते २१:३९ मा प्रकाशित

नेपाली चलचित्र ‘कुम्भ करण’को ट्रेलर आज देखी युट्युबमा रिलिज भएको छ । सस्पेन्स तथा कमेडी चलचित्रको निर्देशन दीपक ओलीले गरेका छन् ।

चलचित्रमा निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी, अभय बराल,आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापा लगायतका कलाकारलाई अभिनय रहेको छ । आकाश पलको प्रस्तुतिमा तयार भएको चलचित्रमा ‘कुम्भ करण’ लाई विजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् ।

एउटा गाउँको विद्यालयमा अध्यापन गराउने शिक्षकहरूको विषय वस्तुमा निर्माण भएको चलचित्रलाई हरि लामाको छायाङ्कन रहेको छ । आउँदो असार २२ गते रिलिज हुने कुम्भकरणमा महेश दवाडीको कथा/पटकथा/संवाद, मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको सङ्गीत छ । 

प्रतिक्रिया