अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४ | Colorodo: 17:39

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमला अभिनित चलचित्र ‘अनुराग’ को नयाँ गित सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ ६ गते १८:४५ मा प्रकाशित

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमला अभिनित चलचित्र ‘अनुराग’ को नयाँ नयाँ गित रिलिज भएको छ ।

सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको ‘यस्तो साथ बन्छु म’ बोलको गीत सार्वजनिक भएको हो । सत्यराज यस. आर.सी.को शब्द रहेको र सरोज पोखरेलको संगीत रहेको उक्त गीतको एरेन्ज महाराज थापाले गरेका हुन् ।गीतको कोरियोग्राफर विक्रम स्वार हुन् । त्यस्तै गीतको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । ‘अनुराग’ चलचित्रको सम्पादन भुपेन्द्र अधिकारीले गरेका हुन् भने छायांकन राम कुमार केसीले गरेका हुन् । किरण दाहालको कथा लेखन रहेको चलचित्रको पट कथा तथा सम्वाद भने सत्यराज चौलागांई र आगत केसीले लेखेका हुन् ।

त्यस्तै, निर्माण नियन्त्रक नविन पुरीको रहेको छ ।चलचित्रको लाईन–प्रोडुसर दिपक गौतम हुन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता ऋषि राज धमला हुन् । मुभिका निर्देशन सत्यराज चौलागाईले गरेका छन् ।

एरिका फिल्मस्द्धारा निर्मित यस चलचित्रमा एलिजा गौतम, सुमन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत, कमलकान्त मैनाली, विद्या भट्टराई र दावा लामा लगायत कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल हो । यसअघि पनि अनुरागको ‘कान्छा दाई गाना बजाई देउन’ को भिडियो र ‘तिम्रो स्वरमा मिलाई….(लिरिकल) गीत सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया