अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

यो वर्षको एफए कप फुटबलको उपाधि चेल्सीले जित्यो

बिआरटीनेपाल २०७५ जेठ ६ गते १८:३२ मा प्रकाशित

इङ्गलिस प्रिमियर क्लव चेल्सीले यो वर्षको एफए कप फुटबलको उपाधि जितेको छ । गएराती वेम्बले रंगशालामा भएको फाईनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै चेल्सीले आठौं पटक एफए कप जितेको हो ।

खेलमा २२ औं मिनेटमा एडिन हाजार्डले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । योसँगै चेल्सीले सिजनमा कम्तिमा एउटा उपाधि हात पारेको छ । यो सिजन प्रिमियर लिगमा खराब प्रदर्शन गरेको चेल्सी पाँचौ स्थानमा समेटिएको थियो ।

अर्को सिजनको च्याम्पियन्स लिग फुटबलमा स्थान बनाउन नसकेको चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेका लागि यो उपाधि उपहार बन्न सक्छ । कोन्टे चेल्सी छोड्नुपर्ने दबाबमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू