अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

ओलीसहित २० मन्त्रीको सम्पत्ति अझै गोप्य

बिआरटीनेपाल २०७५ जेठ ६ गते १८:२३ मा प्रकाशित

सरकार गठनको दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुन्तः सर्वाजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

सार्वजनिक नभए अख्तियार दुरुपयोग अुसन्धान आयोगद्धारा दण्डित हुने व्यवस्था छ । भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अख्तियार गरेको सरकार प्रमुखसहितको कानुन् मान्नपर्ने प्रशासनविद् डा काशीराज दाहालको भनाई रहेको छ । सरकारमा बस्नेहरुको सदाचार र पारदर्शिताको लागि सम्पत्ति विवरण बुझाउनु आवश्यक छ, उनले भने ।आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू