अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रमुख निर्वाचन आयुक्तमा भीम कार्की 

बिआरटीनेपाल २०७५ जेठ ६ गते १७:२० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति (२०१८-२०२०) को निर्वाचनका लागि प्रमुख निर्वाचन आयुक्त भीम कार्की, निर्वाचन आयुक्तहरू द्वय डा. चुडामणि खनाल र प्रवीण भण्डारी रहनु भएको निर्वाचन समिति गठन गरिएको छ । अप्रिल १५, २०१८ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसै गरी निर्वाचनलाई निष्पक्ष, धाँदलीरहित र पारदर्शी बनाउन आवश्यक सुझाव तथा सल्लाह प्रदान गर्न पूर्व निर्वाचन प्रमुखहरू बिमल नेपाल र तीर्थराज पाण्डे रहनु भएको सल्लाहकार समिति पनि गठन गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वर्तमान विधान अनुरूप केन्द्रीय कार्यसमितिको निर्वाचन निष्पक्ष, धाँदलीरहित र पारदर्शीरुपमा तोकिएको समयमै सम्पन्न गर्न र मतदाताहरूको नामावली अध्यावधिक गर्न निर्वाचन समितिले निर्वाचन कार्यक्रम छिट्टै प्रकाशन गर्ने छ । निर्वाचन समितिलाई तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न गराउने र मतदाता नामावली अध्यावधिक गर्ने कार्यमा पूर्ण सहयोग गर्न अनेसासका सबै च्याप्टरहरू, आजीवन तथा ट्रष्टी सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौँ ।

निर्वाचन प्रक्रिया, मतदाता नामावली अध्याबधिक गर्ने आदि सम्बन्धमा कुनै प्रश्न भएमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूलाई निम्नलिखित इमेलमा सम्पर्क गर्नुहुन पनि हार्दिक अनुरोध गर्दछौँ ।

श्री भीम कार्की, प्रमुख निर्वाचन आयुक्त : bhim.karki@karkicpa.com
डा. चुडामणि खनाल, निर्वाचन आयुक्त : ckhanal@gmail.com
श्री प्रवीण भण्डारी, निर्वाचन आयुक्त : bhandarip6@gmail.com

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू