अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

क्षमताभन्दा धेरै यात्रु राख्ने माइक्रोबस र टेम्पो कारबाहीमा

बिआरटीनेपाल २०७५ जेठ ६ गते ९:५३ मा प्रकाशित

काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सिट सङ्ख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधनलाई कारबाही गरेको छ । गृह मन्त्रालयले बुधवार क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस र टेम्पोलाई कारबाही गर्न निर्देशन दिएसँगै महाशाखाले माइक्रोबस र टेम्पोलाई कारबाही गरेको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासीनीले सफा टेम्पो र १८ सिटभन्दा कम क्षमता भएका माइक्रोबसलाई कारबाही गरिएको जानकारी दिनुभयो । “उपत्यकाका तीन दर्जन स्थानमा जाँच गर्दा उक्त सवारी कारबाही परेका हुन्,”– उहाँले भन्नुभयो । उहाँले आज समातिएका सवारी साधनलाई रु ५०० जरिवाना गरिएर छाडिएको बताउनुभयो । “एउटै सवारी साधनले पटकपटक गल्ती गरे रु तीन हजारसम्म जरिवाना गर्नेछौँ,”– उहाँले भन्नुभयो । गृहमन्त्री रामबहादुर थापाले बुधवार सरोकारवालासँगको बैठकमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको थियो ।

काठमाडौँ उपत्यकामा शुक्रवारदेखि नै तीनपाङ्ग्रे टेम्पामा सिट सङ्ख्या भन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको छ । बढी यात्रु बोक्ने टेम्पो शुक्रवार र शनिवार ५८ वटालाई कारबाही गरिसकिएको महाशाखाले जनाएको छ । यसै गरी महाशाखाले आजै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटरमा प्रिन्टर जडान नगरेका ११९ ट्याक्सीलाई कारबाहीसमेत गरेको छ । फाइल फोटो 

प्रतिक्रिया