अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

आईपीएलमा सन्दिपको उत्कृष्ट बलिङ

बिआरटीनेपाल २०७५ जेठ ६ गते ९:४१ मा प्रकाशित

सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको आजको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए ।

आफ्नो तेस्रो खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिएका थिए ।

सन्दिपले खेलको दसौँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै ६ रन खर्चेर महत्त्वपूर्ण दुई विकेट लिए । दसौँ ओभरको पहिलो बलमा उनले केरन पोलार्डलाई सात रनमा आउट गरे । त्यही ओभरको चौथो बलमा उनले कुर्नाल पाण्डेलाई व्यक्तिगत चार रनको स्कोरमा आउट गरे ।

सन्दिपको तेस्रो ओभर महँगो साबित भयो । उनले खेलको बाहौँ ओभरमा बिना कुनै विकेट १३ रन खर्चे । सोह्रौँ ओभरमा सन्दिपले निकै किफायती बलिङ गरे । आफ्नो चौथो ओभरमा उनले मात्र चार रन खर्चे । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू