अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

एनसिसि फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान

बिआरटीनेपाल २०७५ जेठ ६ गते ९:०९ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले हरेक नयाँ कार्यकाल (२ वर्ष)मा नेपालको शैक्षिक क्षेत्रमा एउटा पारोपकारी काम गर्दै आएको र यस नयाँ कार्यकालका लागि छनौट गरिएको परियोजनाको काम सम्पन्न भएको छ । भूकम्पबाट प्रभावित मेलम्ची नगरपालिका, कटुन्जे, सिन्धुपाल्चोकमा रहेको जनजागृती माध्यमिक विद्यालयमा १० कम्प्युटर, १ प्रीन्टर र १ प्रोजेक्टर सहितको कम्प्युटर ल्याब तथा ई– लाईब्रेरीको स्थापना गरी, एक कार्यक्रमकावीच विद्यालयलाई हस्तानान्तरण गरिएको छ ।

कम्प्युटर ल्याबका लागि आवश्यक फर्निचर विद्यालय स्वयम्ले व्यवस्था गरेको थियो । गैर आवासीय नेपाली सङ्घ फिनल्याण्डका अध्यक्ष, वसन्त गौतम स्वयम् उपस्थित भई कामको अनुगमन गर्नुभएको थियो । कम्प्युटर ल्याब तथा ई–लाईब्रेरी हस्तानान्तरण कार्यक्रममा कार्यक्रममा गैर आवासीय नेपाली सङ्घबाट केन्द्रीय प्रतिनिधि र नेपाल फिनल्याण्ड हातेमालो नेटवर्कका प्रतिनिधिहरू पनि उपस्थित थिए । विद्यालयका पूर्बबिद्यार्थीहरु र विद्यालय व्यवस्थापन समितिले आवश्यक तालिम र ल्याबको दीर्घकालीन व्यवस्थापन गर्नेछन् । 

यस कार्य सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरु, प्रस्ताव पेस गर्नुहुने सबिन कार्की र विशेष गरी फिनल्याण्डका मनकारी नेपाली दाजुभाइ दिदीबहिनीहरू प्रति एनसिसि फिन्ल्याण्ड हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू