अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०८ | Colorodo: 01:23

यस्तो बनेर आयो मनिषा कोइराला र राधिका आप्टेको ‘लस्ट स्टोरीज’को ट्रेलर

बिआरटीनेपाल २०७५ जेठ ५ गते १९:२२ मा प्रकाशित

काठमाडौं । नेटफ्ल्किसको तेस्रो ओरिजिनल भारतीय फिल्म ‘लस्ट स्टोरीज’को ट्रेलर रिलिज भएको छ । यस ‘लस्ट स्टोरीज’को लागि करण जोहर, अनुराग काश्याप, जोया अख्तार र दिवाकर बनर्जीले संयुक्त रुपमा काम गरेका छन् । यी फिल्मकर्मीहरुले पाँच वर्ष पहिले पनि सँगै काम गरेका थिए

यस पटक पनि करणको यस टिमले नेटफ्लिक्सको लागि मिलेर काम गरिरहेका छन्, जहाँ सेन्सरशिपको लागि कुनै पनि समस्या नहुने बताईएको छ । चारै जनाको अनुभव र क्रियटिभिटीबाट बनेको यो फिल्म १९० भन्दा बढी देशहरुमा प्रदर्शन गर्न सकिने बताइएको छ ।

यो फिल्ममा नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोईराला, राधिका आप्टे, भुमी पेड्नेकर र कायरा आडवाणी मुख्य भुमिकामा रहेका छन् । फिल्मको ट्रेलरमा प्रस्तुत गरिए अनुसार भारतको ठुलो-सानो शहरमा मानिसहरुको जीवनमा हुँदै आएको एक भन्दा मानिसहरुसँग राखिने शारीरिक सम्बन्धलाई देखाउन खोजिएको छ । 

प्रतिक्रिया