अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

एकतापछिको पहिलो काम : भारतीय फिल्ड अफिस हटाउदै

बिआरटीनेपाल २०७५ जेठ ५ गते १९:०६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित भारतीय फिल्ड अफिस चाँडै हटाइने बताएका खबर आजको नागरिक दैनिकले छापेको छ ।

‘विराटनगरको भारतीय फिल्ड अफिस जुन उद्देश्यका लागि बनाइएको थियो, त्यो पूरा भइसकेको छ,’ पार्टी एकीकरणपछि संसदीय दलको पहिलो बैठकलाई शनिबार सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले भने, ‘खासमा त्यो अफिस पहिला नै हट्नुपर्दथ्यो, अब छिट्टै हट्छ ।’ 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू