अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

काँग्रेस रूपान्तरणको बाटोमा: प्रवक्ता शर्मा

बिआरटीनेपाल २०७५ जेठ ५ गते १०:२५ मा प्रकाशित

बैतडी, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस रूपान्तरणको बाटोमा गएको बताउनुभएको छ । नेपाल तरुण दल बैतडीको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसले चुनावमा हारे पनि कार्यकर्ताले हरेस खानु पर्दैन, सशक्त प्रतिपक्षी दलको भूमिकामा रहेर सरकारले गरेका गलत कामलाई सशक्त रूपमा विरोध गर्नेछ भन्नुभयो ।

नेपाली काँग्रेसले माओवादीलाई जनयुद्धबाट शान्ति प्रक्रियामा ल्याएको, काँग्रेसकै नेतृत्वमा संविधान बनेको, काँग्रेसकै नेतृत्व हुँदा तीनै तहको निर्वाचन सम्पन्न भएकाले काँग्रेसको देश निर्माणमा ठुलो भूमिका रहेको उहाँले स्पष्ट पार्नुभयो । प्रवक्ता शर्माले कम्युनिस्ट पार्टीहरू एक भइसकेको अवस्थामा काँग्रेस कार्यकर्तालाई पनि एकढिक्का भएर अगाडि बढ्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू