अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 18:13

पाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

बिआरटीनेपाल २०७५ जेठ ५ गते ९:०९ मा प्रकाशित

मनाङमस्याङदी क्लबलाई १–० गोलले पराजित गर्दै पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । 

शनिबार सम्पन्न फाइनलमा थ्रीस्टारका मार्टिनले १५ औँ मिनटमा गरेको गोल नै उपाधिको निर्णायक गोल बन्यो । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।

उपाधि विजेता थ्रीस्टारले ट्रफीका साथ रु पाँच लाख र उपविजेता मनाङले ट्रफी र रु तीन लाख प्राप्त गर्न सफल भयो । विजेता तथा उपविजेता टोलीलाई प्रदेश नं. १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबोले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभयो ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता थ्रीस्टारका मार्टिन उत्कृष्ट खेलाडी घोषित हुँदै रु ५० हजार प्राप्त गरे । उनले प्रतियोगिताभर चार गोल गरेका थिए ।

गएको वैशाख २९ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका आठ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू