अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

संचार सहकारीको विशेष साधरण सभा सम्पन्न, ८ खराब ऋणीबाट कर्जा असूल गरिने

बिआरटीनेपाल २०७५ जेठ ५ गते ६:४९ मा प्रकाशित

काठमाडौँ, सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार बसेको विशेष साधारण सभाले संस्थाबाट ऋण लिएर चालु आर्थिक वर्षमा एक रुपैयाँ पनि साँवा र ब्याज नतिर्ने ऋणीबाट रकम असुल गर्ने भएको छ ।

वरिष्ठ पत्रकार तथा संस्थाकी अध्यक्ष निर्मला आचार्यको अध्यक्षतामा शनिवार अनामनगरमा भएको विशेष साधारण सभाले संस्थाको सदस्य भएर ऋण लिने तर चालु आर्थिक वर्षको हालसम्म पनि कुनै ब्याज र साँवा भुक्तान नगर्ने ८ जना ऋणीलाई जेठ मसान्त सम्म ऋणको साँवा तथा ब्याज भुक्तान गर्न अन्तिम पत्राचार गर्ने निर्णय गरेको छ ।

संस्थाबाट ऋण लिएर हालसम्म पनि साँवा र ब्याज नतिर्ने संस्थाका त्यस्ता सदस्यबाट ऋण असुल उपर गर्न कानुनी प्रक्रिया अवलम्बन गर्ने निर्णय भएको संस्थाका अध्यक्ष निर्मला आचार्यले बताउनु भयो । कानुनी प्रक्रिया पुरा गरी खराब ऋणीबाट ऋण असुल गर्नको लागि विशेष साधारण सभाले पत्रकार शिवलाल न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय ऋण असुली उपसमिति गठन गरेको छ । समितिको सदस्यमा लिलाराज खनाल, ज्ञानीप्रसाद अधिकारी, अधिवक्ता बाबुराम अर्याल छन् भने सदस्य सचिवमा अनामिका गिरी रहेकी छन् ।

देशभर छरिएर रहेका पत्रकारकहरुको गर्जो र खाँचो टार्ने उदेश्यले ९ वर्ष अघि पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरीको संयोजकत्वमा स्थापना भएको संस्थामा हाल एक सय ९० जना पत्रकारहरू सदस्य रहेका छन् । संस्थाबाट हालसम्म ६० बढी पत्रकारहरूले ऋण लिएर सुविधा प्राप्त गरेका छन् । न्यूनतम ब्याजमा संस्थाका सदस्यहरूलाई संस्थाले ऋण प्रवाह गरिसकेको छ ।
शनिवारको विशेष साधारण सभाले संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सदस्य सङ्ख्या वृद्धि गर्ने, नियमित बचत गर्न संस्थाका सदस्यहरूलाई आव्हान गर्ने र संस्थाको केही रकम क वर्गको वाणिज्य बैङ्कमा मुद्ती खातामा जम्मा गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया