अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

गीत

गौतम सागर राई २०७५ जेठ ४ गते २३:१४ मा प्रकाशित

म त तिम्रो आँखाको नानी बन्न सकिन
जिउने सँगै तिम्रो जिन्दगानी बन्न सकिन

बाध्यता छन् आफ्नै गुनासो पनि उस्तै
पोखौँ किन दुनियाँ लाई पीडा हुन्छ यस्तै
तिर्खा लाग्दा प्यास मेट्ने पानी बन्न सकिन
म त तिम्रो आँखाको नानी बन्न सकिन

दुख सुख समयले आधा -आधा लुट्छ
पराइ भई गए पछि आफन्त वि टाढा हुन्छ
चाहे जति दिने मायाको खानी बन्न सकिन्
म त तिम्रो आँखाको नानी बन्न सकिन ।