अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 07:28

सन्दीपको उत्कृष्ट बलिङ : धाेनीकाे टिम ३४ रनले पराजित

बिआरटीनेपाल २०७५ जेठ ४ गते २०:०६ मा प्रकाशित

काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । उत्कृष्ट गरेकाे उनी ‘स्टाइलिस प्लेयर अफ दी गेम’ घाेषित भए ।

महेन्द्रसिंह धोनीको टिम चेन्नर्इ सुपर किंग्स विरुद्धको खेलमा सन्दीपले उत्कृष्ट बलिङ गरेर  दिल्ली डेयरडेभिल्सलार्इ विजयी बनाउन महत्वपूर्ण याेगदान गरे । यससँगै धाेनीकाे टिम ३४ रनले पराजित भयाे ।

शुुक्रबार राति सम्पन्न खेलमा सन्दीपले ४ ओभरमा २१ रन दिएर १ विकेट लिएका थिए। चौथो ओभर भने उनका लागि महंगो भयो जहाँ उनले ११ रन खर्च गर्नुपर्‍यो। तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनालाई क्याच आउट गरेका थिए। आफ्नो पहिलो र तेस्रो ओभरमा २/२ रनमात्र दिएका सन्दीपले लोभलाग्दो प्रदर्शन गरे। दिल्लीका लागि अमित मिश्रा र ट्रेन्ट बोल्टले २-२ विकेट लिए ।

१ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १ सय २८ रन मात्रै बनाउन सक्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए । रविन्द्र जडेजाले २७, सुरेश रैना १५, महेन्द्र सिंह धोनी १७ र शेन वाट्सनले १४ रन बनाएका थिए ।

टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन जोड्यो। दिल्लीका रिसब पन्तले ३८, हर्सल पटेलले ३६ र विजय शंकरले ३६ रन बनाए।

यसअघि पहिलाे खेलमा अवसर पाउँदा सन्दीपले आईपिएलमा डेब्यु गरेका थिए। विराट कोहली, एबी डे भिलियर्सलगायत स्टार खेलाडी सम्मिलित रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध सन्दीपले चार ओभर बलिङ गर्दै एक विकेट लिएर २५ रन खर्चिएका थिए। जारी अाइपीएलमा दिल्लीकाे तर्फबाट उनी दाेस्राे पटक खेलेका हुन् ।

दिल्लीले अब एक खेल खेल्न बाँकी छ। उक्त खेल आइतबार मुम्बई इन्डियन्ससँग हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू