अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

मोदी भ्रमणको खर्चमा राजपा र फोरमबीच विवाद सुरु

नागरिक दैनिक २०७५ जेठ ४ गते २०:०० मा प्रकाशित

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नजनकपुर भ्रमणको तयारीमा गरिएको खर्चको विषयमा प्रदेश २ का सत्तारुढ दल सङ्घीय समाजवादी फोरम नेपाल र राजपाका नेताबिच आरोप प्रत्यारोप सुरु भएको छ ।

मोदीको जनकपुर भ्रमण सफल बनाउन प्रदेश २ सरकारले सात वटा समिति बनाएको थियो । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

भ्रमणपछि सात वटै समितिले आफूले गरेको खर्चको विवरण तयार गरेका छैनन् । प्रदेश २ सरकारका कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाहको संयोजकत्वमा गठित नागरिक परिचालन समितिका सदस्यबिच खर्चलाई लिएर आरोप प्रत्योरोप चलेको छ ।

समितिकी सदस्य एवं प्रदेशसभा सांसद डिम्पल झाले भने यस विषयमा भ्रष्टाचार भएको आरोप लगाएकी छन् । रौतहटका प्रदेश सभा सांसद योगेन्द्र राय यादवले नक्कली बिल बनाई अनियमितता गरेको उनले बताइन् ।

सम्बन्धित सामग्रीहरू