अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

बाम एकता माओवादी केन्द्रको विलयः मोहन वैद्य

बिआरटीनेपाल २०७५ जेठ ४ गते ९:११ मा प्रकाशित

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले बाम एकता माओवादी केन्द्रको विलय भएको टिप्पणी गर्नुभएको छ । प्रदेश नं. १ स्तरीय युवा प्रशिक्षण कार्यक्रमका लागी ओखलढुंगा आउनुभएका वैद्यले एमाले र माओवादी केन्द्रबिच एकता नभएर दक्षिणपन्थी अवसरवादी धारको मिलन भएको टिप्पणी गर्नुभएको हो ।

नेकपा (क्रान्तिकारी माओवादी), जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव बैद्यले दुई पार्टीको एकिकरणबाट नेकपा बनेको नभइ माओवादीको एमालेमा विलय भएको बताउनुभयो । नेपालमा संसोधानवादी, अवसरवादी धारको एकिकरण भएकाले अव क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्दै नयाँ जनवादीक्रान्तिमा जाने आफ्नो कार्यदिशा रहेको बैद्यले प्रष्ट पार्नुभयो । 

नयाँ जानवादी क्रान्तिका माध्यमबाट मुलुकमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने बाटोमा अघि बढ्न दक्षिणपन्थी अवसरवादको विरुद्धमा संघर्ष गर्ने उहाँले बताउनुभयो । यसका लागि विप्लव र मोहनविक्रम सिंहसँग एकताका लागि छलफल भइरहेको क्रान्तिकारी माओावदीले जनाएको छ ।

संगठन सुदृढिकरण र जनपरिचालन अभियान अन्र्तगत प्रदेश स्तरीय प्रशिक्षणका लागि महासचिव वैघ, नेता सिपी गजुरेलसहित एक दर्जन पोलिटब्यूरो र केन्द्रिय सदस्यहरु ओखलढुंगा आएका छन् । प्रशिक्षण शनिवारसम्म चल्ने जिल्ला सेक्रेटरी पर्वतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू