अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको सरुवा

बिआरटीनेपाल २०७५ जेठ ४ गते ९:०८ मा प्रकाशित

यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महसेठले भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् । मन्त्रीले बुधवार नै गरेको सरुवाको निर्णयमा सचिवले हस्ताक्षर गर्न नमानेपछि सह–सचिवको हस्ताक्षरबाट भट्टराईलाई पत्र थमाइएको हो ।

आफूले पाएको पत्रमा दरबन्दी नतोकिएको बताउँदै भट्टराईले सरकारले खटाएको ठाउँमा जाने तर सकेसम्म भौतिक पुर्वाधार मन्त्रालय नरोज्ने स्पष्ट पारेका छन् । भट्टराईलाई विना जिम्मेवारी मन्त्रालय तान्नुलाई सिन्डिकेट हटाए वापत मन्त्री महासेठले दिएको ‘दण्ड’का रुपमा हेरिएको छ ।

सिण्डिकेट हटाइए पनि व्यवस्थित गर्न बाँकी नै रहेका बेला विभागमा महानिर्देशक फेर्नुलाई व्यवसायीको प्रभावमा परेर गरिएको निर्णय ठानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू