अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

विघटित पार्टीका कार्यालयमा अध्यक्षद्वय एकतालाई व्यवहारिक बनाउन निर्देशन

बिआरटीनेपाल २०७५ जेठ ४ गते ९:०४ मा प्रकाशित

काठमाडौँ । बुधवारसम्म केपी शर्मा ओली र पुष्पकमल दाहाल फरक–फरक दलका अध्यक्ष थिए । बिहीबार एमाले र माओवादी केन्द्रको एकता भएपछि दुवै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष भए । र, योसँगै सुरु भयो केही महिना अगाडिसम्म असम्भव ठानिएको उनीहरूको सहयात्रा । तत्कालीन एमाले र माओवादी केन्द्रको कार्यालय निरीक्षण गरेर अध्यक्षद्वयले  एकतालाई व्यवहारिक बनाउन निर्देशन दिएका छन् ।

पार्टी एकता टुंगिए पनि केन्द्रीय कार्यालय तत्कालीन माओवादीको प्रयोग गर्ने कि एमालेको भन्ने टुंगिएको छैन । त्यसैले निर्णय गर्नु अघि दुवै अध्यक्षले कार्यालय भ्रमण गरेका हुन् । दुवै अध्यक्षले पार्टी कार्यालयको भौतिक अवस्था बुझेपछि निर्णय लिने छन् ।

अध्यक्षद्वयसहित तत्कालीन एमालेका नेताले सहिद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेर दुई दल एक भएको व्यवहारिक सन्देश दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू