अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

धादिङको थाँक्रेमा क्यानोनिङ महोत्सव हुदै

बिआरटीनेपाल २०७५ जेठ ४ गते ६:४६ मा प्रकाशित

नेपाल क्यानोनिङ एसोसियसनले यही जेठ २५ र २६ गते धादिङको थाँक्रेमा क्यानोनिङ महोत्सव आयोजना गर्ने भएको छ । एसोसियसनले पर्यटन प्रवद्र्धनका लागि थाँक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झर्नामा क्यानोनिङ महोत्सव गर्न लागेको जनाएको छ ।

महोत्सवलाई नै लक्षित गरेर एसोसियसनले ५ दिनको क्यानोनिङ गाइड तालिम समेत सञ्चालन गर्न लागेको छ। तालिम जेठ २० गतेदेखी सुरु हुने छ । एसोसिएसनले प्रत्येक वर्ष क्यानोनिङ महोत्सव आयोजना गर्दै आएको छ । यसअघि सन् २०१३ देखि २०१७ सम्म प्रत्येक वर्ष भोटेकोशी, नुवाकोटको थानापाती र ककनीमा महोत्सव आयोजना गर्ने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू