अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

सरकारको स्वास्थ्य बीमा कार्यक्रम, २८ जिल्लाका ५ लाख ८६ हजारले गराए बीमा

बिआरटीनेपाल २०७५ जेठ ४ गते ६:४३ मा प्रकाशित

नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा २८ जिल्लाका ५ लाख ८६ हजारले बीमा गराएका छन् । यो संख्या सो जिल्लाको कुल जनसंख्याको ५ प्रतिशत मात्र हो । चालु आर्थिक वर्ष भित्रमा ४० जिल्लामा कार्यक्रम संचालन गर्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

आर्थिक वर्ष २०६९÷७० को बजेट भाषणमार्फत सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । उक्त आर्थिक वर्षमा कार्यक्रम अगाडि बढाउने कार्य शून्यप्राय रहे पनि आर्थिक वर्ष २०७०÷७१ को बजेटमा सरकारले पुनः स्वास्थ्य बिमा नीति जारी गरी ५ वर्ष भित्र देशभर स्वास्थ्य बिमा कार्यक्रम पु¥याउने योजना प्रस्तुत गरेको थियो ।

बोर्डका अनुसार यो अवधीमा बीमा गराएका मध्ये १ लाख भन्दा बढि व्यक्तिले स्वास्थ्य सेवा समेत लिइसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनीले जानकारी दिए । सरकारद्वारा संचालित यस बीमा कार्यक्रममा सहभागि हुनका लागि वार्षिक २५ सय रुपैयाँ बीमा शूल्क भूक्तानी गर्नुपर्छ । उक्त शूल्कबापत एकै परिवारका पाँच जनासम्मले अधिकतम ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा पाउने छन् । तर अतिकम गरिब वर्गमा परेका नागरिकलाई भने उक्त शूल्क शतप्रतिशत छुट हुनेछ । त्यस्तै मध्यम गरिब र गरिब वर्गका नागरिकले क्रमश ७५ र ७० प्रतिशतसम्मको छुट हुनेछ ।

त्यस्तै यो बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन संघीय संरचना अनुसार गठित प्रदेश र स्थानीयतहसँग सहकार्य गरिने पनि लोहनीले जानकारी दिए । त्यसका लागि प्रत्येक प्रदेशमा स्वास्थ्य बीमा बोर्डको कार्यालय र स्थानीय तहमा दर्ता अधिकारी रहने गरि संरचनात्मक खाका तयार भइरहेको छ । आमनागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्धेश्यले ल्याइएको यो कार्यक्रम आगामी दुई वर्षभित्रमा मुलुकभर संचालन गर्ने सरकारको लक्ष्य छ । तर अहिले कार्यक्रम संचालन भएकै कतिपय जिल्लामा सहभागिहरुको संख्या अत्यन्त न्यून छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू