अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४० | Colorodo: 12:55

बेंग्लोरको प्ले अफमा पुग्ने सम्भावना जीवितै

बिआरटीनेपाल २०७५ जेठ ४ गते ५:३१ मा प्रकाशित

इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा गएराति रोयल च्यालेन्जर्स बेंग्लोरले सनराईजर्स हैदरावादलाई १४ रनले पराजित गर्दै प्ले अफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर २१८ रन बनायो । उसका लागि एबी डे भिलायर्सले ६९ रन तथा मोइन अलीले ६५ रन जोडे ।

जवाफमा २१९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाएर २०४ रनमात्रै जोड्न सक्यो । हैदरावादका केन विलियम्सनले ८१ रन तथा मनिस पाण्डेले ६५ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् ।

गएरातिको जितपछि आईपिएल अंक तालिकामा बेंग्लोरले १३ खेलबाट १२ अंक जोडेको छ । १८ अंक जोडेको हैदरावाद र १६ अंक जोडेको चेन्नाई प्ले अफमा पुगिसकेका छन् ।

तेस्रो स्थानको कोलकाता नाईट राईडर्सको १४ अंक छ भने मुम्बई इन्डियन्स, बैंग्लोर, राजस्थान रोयल्स र किङ्स ईलेभेन पञ्जावको समान १२र१२ अंक छ ।

पुछारमा रहेको दिल्ली डेयरडेभिल्सको भने ६ अंकमात्रै छ । आईपिएल क्रिकेटमा आज दिल्लीले चेन्नाईसँग खेल्दैछ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू