अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

आगामी पाँच वर्षमा मुलुकले पूर्वाधार विकासको क्षेत्रमा फड्को मार्ने :अर्थमन्त्री युवराज खतिवडा

बिआरटीनेपाल २०७५ जेठ ४ गते ५:२४ मा प्रकाशित

 

अर्थमन्त्री युवराज खतिवडाले आगामी पाँच वर्षमा मुलुकले पूर्वाधार विकासको क्षेत्रमा फड्को मार्ने बताउनु भएको छ। 

स्टिल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायी र सरोकारवालाहरुको ट्रेड समिटमा बोल्दै अर्थमन्त्री खतिवडाले सो कुरा बताउनु भएको हो । कार्यक्रममा अर्थमन्त्री  खतिवडाले सात वटा प्रदेश मध्ये कम्तीमा ६ वटामा एक एक वटा  जलविद्युत आयोजना निर्माण र १० वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने योजना रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल र छिमेकी मुलुकका स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका औद्योगिक बिकास बारेमा जानकारी लिइयो । त्यसै गरी चीन तथा अन्य मुलुकहरुबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मुल्याङ्कन, यी उद्योगका क्षेत्रमा नयाँ अवसरहरुका बारेमा बुझ्ने, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तीको अवस्था बारे जानकारी लिने, निमार्ण क्षेत्रका समस्यालाई सम्बोधन गर्ने लगायतका विषयमा छलफल गरियो

काठमाडौं शुरु भएको दुई दिने समिट आज समापन भएको छ । कार्यक्रममा नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगीहरु, सिमेन्ट र उर्जा उत्पादकहरुको सहभागिता रहको छ । साथै ३ सय भन्दा बढि प्रतिनिधीहरु, २५ भन्दा बढि प्रर्दशनकर्ता रहका छन् ।।

प्रतिक्रिया