अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 12:55

श्रीमद्भागवत तथा समुद्घाटन कार्यक्रमको लागि कोष वृद्धि संयोजकमा रीना केसी गौतम मनोनीत

विजय थापा २०७५ जेठ ३ गते २३:२० मा प्रकाशित

मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित राधा गोविन्द पशुपतिनाथ मन्दिरले श्रीमद्भागवत तथा मन्दिर समुद्घाटन कार्यक्रमको लागि ५ सदस्यीय कोष वृद्धि समिति गठन गरेको छ । उक्त कोषवृद्धि समितिमा बाल्टिमोर क्षेत्रमा समाजसेवामा क्रियाशील रहेकी रीना केसी गौतम उक्त समितिको संयोजक पदमा मनोनीत भएकी छिन् ।

आगामी जुन १०-१६, २०१८ सम्म हुने श्रीमद्भागवत महापुराण र जुन १७, २०१८ मा हुन गहिरहेको श्री पशुपतिनाथ मन्दिरको समुदघाटन कार्यक्रमको उक्त समिति गठन गरेको जानकारी गराएको छ । उक्त जानकारी राधा गोविन्द पशुपतिनाथ मन्दिर समितिका उप – सभापति बिश्वराज गौतम द्वारा जारी एक छापा विज्ञप्ति मार्फत सार्वजनिक गरेका हुन् ।

उक्त कोष वृद्धि समितिमा संयोजकमा रीना केसी गौतम ,सदस्यहरूमा नित्या रेग्मी पौडेल ,ऋचा शाह ,कल्पना अधिकारी तथा पण्डित भिमराज कोइराला रहेका छन् ।

गत अक्षय तृतीया अप्रिल १८ तारिख बुधवार उक्त पशुपतिनाथ मन्दिरले आफ्ना भावी कार्यक्रम सप्ताह यज्ञ तथा मन्दिरको समुद्घाटन कार्यक्रम बारे जानकारी गराउने क्रममा उपस्थित भएकी रीना केसी गौतम तथा उनका जीवन साथी विकास गौतमको साथमा दम्पतीले $ ५ हजार ११ डलर नगद दिएका थिए । तत्काल समयमा दम्पत्तिले उक्त रकम सबै भन्दा ठुलो रकम दिएका थिए ।

दम्पत्तिले दिएको उक्त रकम मुख्य शिव लिङ्ग मूर्ती को लागि प्रयोग गरिने छ । स्मरण रहोस् ,आगामी जुन १७ का दिन हुने समुद्घाटन समारोहको संयोजकमा डा विशाल भण्डारी तथा जुन १० देखि १६ सम्म हुने सप्ताह महापुराणको लागि श्री राधा गोविन्द पशुपतिनाथका मन्दिरका सञ्चालक समितिका सभापति श्रीवास दास संयोजक रहेका छन् ।

उद्घाटन हुने उक्त मन्दिरमा नेपालको पशुपतिनाथ मन्दिरमा जुन विधि अनुसार पूजा आराधना सत् प्रतिशत त्यही प्रकृयाबाट यो मन्दिरमा गरिने छ । मन्दिर सँगै कृष्ण मन्दिर ,बुढानिलकण्ठ को मूर्ती ,बुद्धको पार्क शान्ति उद्यान ,माउन्ट कैलाश अतिथि गृह ,हरि ओम फुल बगैँचा समेत बनाउने योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू