अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

सेनालाई हराउँदै सभामुख कप पुलिस क्लबको पोल्टा

बिआरटीनेपाल २०७५ जेठ ३ गते १९:५३ मा प्रकाशित

रोल्पामा सञ्चालित प्रथम सभामुख कप भलिबल प्रतियोगिता बुधवार सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब प्रथम भएको छ भने महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले  जित हासिल गरेको छ । बुधवार बिहान सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लब विजयी भएको हो ।

नेपाल आर्मी क्लबको एक सेटका विरुद्ध नेपाल पुलिस क्लब तीन सेट जितेर विजयी भएको हो । तेस्रो स्थानका लागि मङ्गलवार भएको एपीएफ क्लब र ४ नम्बर प्रदेशबिचको प्रतिस्पर्धामा ४ नम्बर प्रदेश विजयी भएको थियो ।

योसँगै रोल्पामा सम्पन्न प्रथम सभामुख क्लब भलिबलमा नेपाल पुलिस क्लब प्रथम, त्रिभुवन आर्मी क्लब द्धितीय र ४ नम्बर प्रदेशले तृतीय स्थान हासिल गरेका छन् ।

यसै गरी, महिलातर्फ एपीएफ क्लब र नेपाल पुलिस क्लबबिच भएको फाइनल खेलमा एपीएफ क्लब विजयी भएको छ । तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र ५ नम्बर प्रदेशबिच भएको प्रतिस्पर्धामा नेपाल आर्मी क्लब विजयी भएको थियो । महिलातर्फ एपीएफ क्लब प्रथम, नेपाल पुलिस क्लब द्धितीय र त्रिभुवन आर्मी क्लब तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रु तीन लाख, दुई लाख र एक लाख, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता सभामुख कृष्णबहादुर महराले गत वैशाख २९ गते उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू